काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी एक सातासम्म देशभरको मौसम सफा रहने जनाएको छ ।
आगामी एक सातासम्म देशमा कुनै पनि ठूलो मौसमी प्रणालीको प्रभाव पर्ने नदेखिएको महाशाखाले जनाएको हो । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात बाहेक अन्यत्र ठूलो प्रणालीको असर नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।
उनले पूर्वी मधेस र मध्य मधेसका केही स्थानहरूमा हुस्सु लागेको र जाडो याम सुरु हुँदै गएको हुनाले क्रमशः तापक्रम घट्दो क्रममा रहने उल्लेख गरिन् ।
तराईतिर बिहानपख केही समय हुस्सु लाग्ने क्रम सुरु भइसकेपनि शीतलहर चल्ने अवस्था नरहेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया