३० कार्तिक २०८३, सोमबार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित समारोहमा तीनै जना राजदूतले शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार भारतका लागि डा। निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा। कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कुमार कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन्।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।