काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
आज बिहान धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका हुन् ।
घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया