काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।
पारिवारिक विवाद, पासपोर्ट ठेक्का प्रकरण लगायतका विवादमा तानिएका खनाललाई प्रधानमन्त्री साहले जिम्मेवारीबाट हटाएको दाबी गरिएको छ ।
प्रधानमन्त्री साहको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय विज्ञका रूपमा कार्यरत खनालको जिम्मेवारी विशाल अधिकारीलाई दिइएको बताइएको छ ।
अधिकारीलाई सहसचिव सरहको सचिवालय सदस्य बनाएर संयोजकको जिम्मेवारी दिइएको हो ।











प्रतिक्रिया