काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ ।
२२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे ।
काठमाडौंका लागि साहिल पटेलले ३४, राशिद खानले ३१ रन बनाए । पाेखराका विपिन खत्रीले ३ र दिनेश खरेलले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायाे । याे लक्ष्य एनपीएल इतिहासकै उच्च हाे ।
पोखराका लागि कुशल भुर्तेलले ९९, युवराज सामराले ८९ रन बनाए ।
काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए ।
प्लेअफ पुगिसकेको काठमाडौं आजकाे हारपछि अब इलिमिनेटर चितवन राइनाेजसँग खेल्नेछ । पाेखरा यसअघि नै बाहिरिसकेकाे थियाे ।











प्रतिक्रिया