धनगढी, ७ भदौ । कैलालीमा थरुहट र प्रहरीबीच भएको भीडन्तमा परी घाइते प्रहरीको उद्दार गर्न नेपाली सेनाको हेलिकप्टर कैलालीको टीकापुर पुगेको छ ।
कैलालीका प्रहरी प्रवक्ता विश्व खड्काका अनुसार केहीबेर अगाडि सेनाको हेलिकप्टरल टीकापुरमा अवतरण गरेको छ । दोहोरो भीडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित १७ जना प्रहरी मारिएपछि सेनाले उद्दारका लागि हेलिकोप्टर पठाएको हो ।
टीकापुरमा अहिले पनि दुबैपक्षबीच दोहोरो भीडन्त भइरहेको छ ।












प्रतिक्रिया