२१ कार्तिक २०८३, शनिबार

कैलालीमा प्रहरी र थरुहटका कार्यकर्ताबीच दोहोरो भीडन्त, केही हताहत भएको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali

– दीपक ओली

धनगढी, ७ भदौ । कैलालीको टिकापुरमा प्रहरी र आन्दोलनकारीबीच दोहोरो भीडन्त भएको छ ।

सोमबार थरूहट पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि भएको दोहोरो भीडन्तमा केही प्रदर्शनकारी हताहत भएका छन् । यद्यपी प्रहरी प्रशासनबाट घटनाको पुष्टि भइसकेको छैन् ।

भीडन्तमा प्रहरी र प्रदर्शनकारी दुबै तर्फमा केही हताहत भएको बताइएको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीले जवाफी कारवाहीमा ढुंगामुढा र गुलेली भालाले आक्रमण गरेका छन् ।

प्रदर्शनकारीको आक्रमणबाट करिब २ दर्जन सशस्त्र प्रहरीका जवानहरू घाइते भएका छन् । अहिले पनि स्थिति नियन्त्रणबाहिर छ ।

स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै प्रशर्नकारीले टिकापुरको सशस्त्र प्रहरी बेसक्याम्पमा आक्रमण गरेपछि दोहोरो भीडन्त भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार घटनामा प्रहरी र प्रदर्शनकारी तर्फ हताहत भएपनि पुष्टि भइसकेको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।