२१ कार्तिक २०८३, शनिबार

‘संविधानमा सबैलाई बराबर अधिकार दिनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pramananda-jhaविराटनगर, ७ भदौ । उपराष्ट्रपति परमानन्द झाले दलगत स्वार्थभन्दा माथि उठेर संविधान निर्माण गर्नुपर्ने सुझाव दिनुभएको छ ।

जैन धर्मावलम्बीको विराटनगरमा जारी चार्तुमासमा अणुव्रतको ६६औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले नैतिकतालाई आत्मसात् गरी संविधान निर्माणमा जुट्न दलहरुलाई आग्रह गर्नुभयो ।

उहाँले संविधानमा सबैलाई बराबर अधिकार हुनुपर्ने उल्लेख गर्दै संविधान निर्माणको समय भएकाले सबैको अपेक्षा बढ्नु स्वभाविक हो भन्नुभयो । उहाँले अहिंसा, सद्भाव र नशामुक्ति समाजको निर्माणमा आचार्य महाश्रमणको नेपाल यात्रा फलदायी भएको स्पष्ट पार्नुभयो ।
जैनगुरु आचार्य महाश्रमणको नेपालमा सुरु भएको चातुर्मासको माध्यमबाट नैतिकता बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आध्यात्म पनि नैतिकता वृद्धि गर्ने एउटा माध्यम भएको चर्चा गर्नुभयो ।

जैन धर्मगुरु आचार्य महाश्रमणले आपूmले नेपालमा अभियानका रुपमा पदयात्रा गरेर नैतिकता र नशामुक्तिको अभियान चलाएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो–“व्यक्ति नैतिकवान बन्नसके समाजमा पनि परिवर्तन देखिन्छ ।” आफूले नेपालीबाट धेरै सम्मान पाएको पनि उहाँले बताउनुभयो ।
उद्योगी किसनलाल दुगडले नेपाली समाजमा आफ्ना सन्देश छर्न जैनगुरु नेपाल आउनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

सो अवसरमा अणुव्रत महासमितिका अध्यक्ष दालचन्द कोठारीले समितिबाट भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

जैनगुरु आचार्यले अणुव्रत आन्दोलन सुरु गर्नुभएको छ । यसका तीन सूत्र सद्भावना, नैतिकता र नशामुक्ति हुन् । रासस