२८ कार्तिक २०८३, शनिबार

३ सय ८६ वर्ष पुरानो कात्तिक नाच सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको पाटनमा ऐतिहासिक कात्तिक नाच शुक्रबार रातिबाट सुरु भएको छ ।

पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा कात्तिक नाच सुरु भएको हो ।

३ सय ८६ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिकमा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ  । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।

नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ ।

नेपाल संवत् ७६१ अर्थात् वि.सं. १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यो नाच शुरूमा पाँच दिन प्रदर्शन भएको थियो ।

सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’र ‘सुरदास प्याखँ’थपेर यसलाई १५ दिन पुराएको संस्कृतिविद्को भनाइ छ ।