२८ कार्तिक २०८३, शनिबार

दुबई पुगे गृहमन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार दुबई पुगेका छन् ।

गुरुङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका थिए ।

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका उनलाई दुबई विमानस्थलमा नेपाली दूतावास तथा महावाणिज्य दूतावासका उच्च अधिकारीले स्वागत गरे ।

दुबईमा आयोजना हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुनेछ ।