२७ कार्तिक २०८३, शुक्रबार

नेपाल टेलिकमको एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० गतेसम्म लम्बियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी अफरको अवधि थप गरेको छ ।

कम्पनीले गत असोज ८ देखि सुरु गरेको मेस एपी तथा असोज ३० देखि वितरण सुरु गरेको ३० एमबीपीएस एनटी फाइबर प्याकेजप्रति रहेको ग्राहकको मागलाई मध्यनजर गरी दुवै अफरको अवधि आगामी पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

हाल निकै नै चर्चा पाइरहेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४,९९९ रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी, घरका सबै स्थानहरुमा वाइफाई उपलब्ध गराउनका लागि आवश्यक मेस एपी ४० प्रतिशत छुट मूल्यसहित २,९९९ रुपैयाँमा उपलब्ध छ ।

कम्पनीका अनुसार दशैंतिहार अफरको रुपमा उपलब्ध वाईफाई ६ एकल प्याकेजअन्तर्गत नयाँ ग्राहकहरुलाई उक्त प्याकेजमा ३,००० रुपैयाँ छुट प्रदान गरिएकोमा सो सुविधा यही कात्तिक ३० सम्म रहेको छ । यस अनुसार डिमान्ड पोर्टलमार्फत कात्तिक ३० गतेसम्म नयाँ जडानका लागि आवेदन दर्ता गराइसक्ने ग्राहकहरुलाई सो छुट सुविधा उपलब्ध हुनेछ ।