काठमाडौँ, ७ भदौ । व्यवस्थापिका–संसद्मा आज शून्य समयमा बोल्ने सांसदहरुले तराईका मधेसी तथा थारु समुदायका जनता प्रादेशिक सीमाङ्कनमा असन्तुष्टि जनाउँदै आन्दोलित रहेकाले समयमै उनीहरुको माग सम्बोधन गर्न माग गर्नुभयो ।
उहाँहरुले प्रधानमन्त्री सुशील कोइरालाबाट प्रदेश निर्माणमा असहमति जनाएर आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान हुनु सकारात्मक भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन नगर्न सरकारसँग आग्रहसमेत गर्नुभयो ।
फेवाताललाई संरक्षण गर्न, भूकम्पपीडित जनताको बासस्थान निर्माणमा ध्यान दिन, आदिवासी जनजाति महासङ्घद्वारा उठाइएका माग सम्बोधन गर्न र उनीहरुलाई वार्तामा बोलाउन उहाँहरुले आग्रह गर्नुभयो ।
यसरी आफ्नो धारणा राख्नुहुने सांसद्हरुमा तेजकुमारी पौडेल, तेजुलाल यादव, दीर्धराज भाट, दिलमान पाख्रिन, धनबहादुर बुढा, नरदेवी पुनमगर, नागेन्द्रसाद थारु, नारायणबहादुर रायमाझी, परशुराम तामाङ, पाँचकर्ण राई, पेम्बा लामा लगायतका हुनुहुन्थ्यो । रासस












प्रतिक्रिया