२७ कार्तिक २०८३, शुक्रबार

दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

आज काठमाडौं गोर्खाजकाविरूद्ध ४६ बलमा २ छक्का र ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । ऐरीको यो दोस्रो अर्धशतक हो । यसअघि पोखरा एभेन्जर्सकाविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए।

जारी सिजनमा हालसम्म १८ अर्धशतक र एक शतक प्रहार भएको छ। जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुईरदुई अर्धशतक हिर्काएका छन्।

विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलान,रवि बोपरा, पोखरा एभेन्जर्सका कुशल भुर्तेल,युवराज सामराले अर्धशतक हिर्काएका थिए।

यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन्। उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए।