काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता टोलीबाट उपराष्ट्रपति जेडी भान्सलाई हटाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भान्सलाई इरानसँगको वार्ता त्याग्न र त्यसको सट्टा डेमोक्रेटिक पार्टीद्वारा शासित अमेरिकी राज्यहरूमा भएको भनिएको व्याप्त भ्रष्टाचार तथा अपराध नियन्त्रणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन् ।
ट्रम्पका अनुसार अमेरिकालाई अब इरानसँग कुनै सम्झौताको आवश्यकता छैन ।
इरानको पैसा र होर्मुज जलडमरुमध्य अमेरिकाको नियन्त्रणमा रहेको ट्रम्पको दाबी छ ।
यसअघि ट्रम्पले इरानसँगको वार्ताको जिम्मेवारी भान्सलाई सुम्पेका थिए । तर भान्स इरान युद्धको पक्षमा थिएनन् ।
अप्रिलमा भान्स पाकिस्तान पुगेका थिए र इरानी नेताहरूसँग केही घण्टासम्म वार्ता गरे पनि कुनै सहमति हुन सकेको थिएन ।











प्रतिक्रिया