२१ कार्तिक २०८३, शनिबार

संविधानको विवाद सुल्झाउन बाबुरामले ल्याए नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । संविधान निर्माण प्रक्रियालाई गति दिन राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई नयाँ प्रस्ताव अघि सारेका छन् ।

सोमबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाबुरामले अहिले आवश्यकता संविधान निर्माण प्रक्रियालाई टुंग्याउनु भएकाले त्यो प्रक्रियालाई गति दिनुपर्ने बताउँदै नयाँ प्रस्ताव ल्याएका हुन् ।

यस्तो बाबुरामको प्रस्ताव विस्तृतमा :

छिटो संविधान राम्रो संविधान बनाउन सबै अग्रगामी शक्ति एक होऔं!

सबैलाई सन्तुष्ट पार्न नसके पनि धेरैलाई सन्तुष्ट पारौं !संविधानसभा भित्रैबाट समाधान खोजौं, सबै पक्षसंग वार्ता/संवाद गरौं!!

तत्काल यसरी समाधान खोजौं:

– सीमांकन: ७ प्रदेशको मोडेल भित्रै प्रदेश-१ को मधेसी/थारु बाहुल्य क्षेत्र प्रदेश-२ मा राख्ने; प्रदेश-५ को मगर वाहुल्य क्षेत्र प्रदेश-४ मा राख्ने; प्रदेश-७ को थारु वाहुल्य क्षेत्र प्रदेश-५ मा राख्ने ;

– नागरिकता: पुरुषको विदेशी दम्पत्तिलाई झैं महिलाको विदेशी दम्पत्तिलाई पनि ( आवश्यक परे थप शर्त सहित ) अंगीकृत नागरिकता र एकल महिलाका सन्तानलाई सहज नागरिकता दिने व्यवस्था गर्ने;

– महिला र दलितलाई निश्चित प्रतिसत प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्याउने;

– देशमा परिवर्तनको वास्तविक अनुभुति गराउन र राजनीतिक स्थीरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने;

– नेपाली समाजको वहुधार्मिक चरित्र र लामो धार्मिक सहिष्णुताको परम्परा कायम गर्दै राज्यलाई धर्मनिरपेक्ष राख्ने;

– न्याय प्रणाली, संवैधानिक आयोग लगायत अन्य विषयमा सहमतिले आवश्यक परिमार्जन गर्ने ।

संसमा प्रस्तुत परिमार्जित विधेयकलाई दलहरुको सहमतिमा संशोधन हालेर थप परिमार्जन/ परिवर्तन गर्ने अझै ठाउँ र समय बाँकी छ। त्यसैले हिजोका हामी सबै आन्दोलनकारी सहकर्मीहरुले आपसमा फुटेर हैन जुटेर संवाद/सहमतिद्वारा देशलाई छिटो निकास दिऊँ!

अंधेरो कुनामा बसेर संविधान बन्न नदिने र देशलाई अस्थीरताको भुमरीमा फसाइराख्ने षड्यन्त्र गर्नेहरुलाई परास्त गरौं!!