सर्लाही । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी मृत्यु भएका १० र घाइते भएका ६ जना सबै सर्लाहीको एउटै वडाका बासिन्दा रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरू चक्रघट्टा गाउँपालिका–४ का स्थानीय हुन्।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा दुर्घटनामा परेको थियो। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
सर्लाही प्रहरीले दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच महिला र पाँच पुरुष रहेको जनाएको छ।












प्रतिक्रिया