काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ।
यसअघि पाँचजना घाइते यकिन भएकामा एक जना बालक घाइते अवस्थामा झाडीमा भेटिएका हुन् । बालकको उद्वार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरिएको थियो।
दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान खुलेको छैन।












प्रतिक्रिया