२६ कार्तिक २०८३, बिहिबार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगञ्ज कारागारबाट फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगञ्ज कारागारबाट फरार भएका छन् ।

पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् ।

उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका साह बिहान सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर नजिकैको पर्खाल नाघ्दै फरार भएका हुन् ।

फरार साहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी मल्लले जानकारी दिएका छन् ।