इलाम । इलामको विभिन्न क्षेत्रमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पुर्याएको छ ।
असिनाको कारण धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन् ।
जिल्लाको विभिन्न स्थानमा परेको असिनाले धानबालीमा क्षति पुर्याएको किसानहरूले बताएका छन् । अलैँची लगायत अन्य बालीका लागि असिना वर्षाले केही राहत पुगे पनि पाक्नै लागेको धानबालीमा भने नोक्सानी भएको उनीहरूको भनाइ छ ।
लामो समयको मेहनतपछि भित्र्याउने अवस्थामा पुगेको धानबाली असिनाले क्षति पुर्याएपछि किसानहरू निराश बनेका छन् ।
धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई असिना वर्षाले थप समस्या सिर्जना गरेको छ ।












प्रतिक्रिया