२५ कार्तिक २०८३, बुधबार

दुई मोटरसाइकल ठोक्किएर आगलागी, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया । बर्दियाको बाँसगढीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीरसहित चार जना घाइते भएका छन्।

बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकमा भे ५ प ९१६१ र भे ११ प ८५६७ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका थारुलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बारबर्दिया नगरपालिका–३ बानियाभारका २५ वर्षीय आशिष थारु छन्। उनको टाउकोमा चोट लागेको छ र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलको पछाडि सवार बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारुको टाउको र मुखमा सामान्य चोट लागेको थियो। कौशिल्या अस्पताल बाँसगढीमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।

त्यस्तै, अर्को मोटरसाइकलका चालक भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र पछाडि सवार २०–२२ वर्षीय जमाल खान पनि गम्भीर घाइते भएका छन्। दुवैको टाउको तथा अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।