गोरखा । गोरखामा ट्याक्सी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेमध्ये मञ्जु परियार र गीतामाया परियारको अवस्था गम्भीर रहेको छ। चालक वीरबहादुर गुरुङ सामान्य घाइते भएका छन् भने अञ्जना अछामी र गीता परियारको अवस्था मध्यम रहेको छ।
घाइतेहरूको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ ।












प्रतिक्रिया