रसुवा । गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेँसीमा रहेको पुल बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको थियो । त्यसपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए ।
कात्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठेपुल पनि बगाएर यातायात बन्द हुन पुगेको थियो ।
हाल त्यही ठाउँमा स्थानीय सरोकारवला निकायको सामूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।













प्रतिक्रिया