२२ कार्तिक २०८३, आइतबार

शोभित बस्नेतको नयाँ फिल्म ‘हजुरबाले भनेथे’मा नीर शाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी पूजाको अवसर पारेर फिल्म ‘हजुरबाले भनेथे’ घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने फिल्म सुरेश न्यौपानेले निर्देशन गर्नेछन् ।

सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् ।

ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया, समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सहनिर्माता हिमाल भण्डारी रहनेछन् ।

फिल्ममा नीर शाह हजुरबा बन्दै गर्दा नाति को बन्ने भन्ने टुङ्गो लागेको छैन । फिल्मका अन्य कलाकार र प्राविधिक टिमको जानकारी निर्माण टिमले चाँडै ल्याउने बताएको छ । फिल्ममा दुई नायक र दुई नायिका रहने छन् ।

माघ महिनामा फ्लोरमा जाने फिल्मको छायांकन अस्ट्रेलियामा ६० प्रतिशत र जुम्लामा ४० प्रतिशत हुने बताइएको छ ।

परान फिल्म पश्चात नीर शाह यस फिल्ममार्फत टाइटल रोलमा देखिँदै छन् । यो फिल्म एउटा कमेडी तथा पारिवारिक कथामा अगाडि बढ्नेछ । यस फिल्मको लक्ष्य दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने रहने बताइएको छ ।