काठमाडौं, ७ भदौ । आदिवासी जनजाति महासंघको दुई दिने नेपाल बन्दको दोस्रो दिन राजधानीमा बन्दको प्रभाव अत्यन्त न्युन देखिएको छ ।
राजधानीका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सवारीका सधान बिहानैदेखि चलेको महानगरीय ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ ।
अन्य दिनको तुलनामा सवारी साधनको उपस्थिति सडकमा न्यन रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
यता, आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले आफूहरूको नेपाल बन्द शान्तिपूर्ण रहेको बताउनुभयो ।
उहाँले राजधानीमा केही सवारी साधन चले पनि बाहिरी जिल्लाहरू ठप्प रहेको बताउनुभयो । ‘राजधानीमा फाटफुट सवारी साधन चलेको पाएका छौं’, उहाँले भन्नुभयो, ‘उपत्यका बाहिर हाम्रो बन्द सफल भएको छ ।’
बन्दको प्रभाव न्यन भएपछि राजाधनीमा भाडाका सवारी साधन पनि उल्लेख्य चलेका छन् । हिजो आइतबारको तुलनामा आज राजधानीमा चहलपहल अलि बढी रहेको छ ।












प्रतिक्रिया