२२ कार्तिक २०८३, आइतबार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

नेपाली साहित्यमा देवकोटाले पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाकै दिन नेपाल, भारतका विभिन्न भूभाग र नेपाली भाषीहरूको बाहुल्य रहेका क्षेत्रहरूमा देवकोटा जन्मजयन्ती मनाउने गरिन्छ ।

जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ । विसं १९६६ साल कात्तिक औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सफल सुरुवात गरेका थिए ।

महाकवि देवकोटाका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासङ्ग्रह नेपाली साहित्यका युगान्तकारी कृति मानिन्छन् ।