२१ कार्तिक २०८३, शनिबार

हवाइ फायर गर्दैमा वार्ता हुँदैन : सहअध्यक्ष कर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman-lal-karnकाठमाडौं, ७ भदौ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले हवाइ फायर गरेकै भरमा सरकारसँग वार्ता बस्न नसकिने बताउनुभएको छ ।

उहाँले वार्ताका लागि केही विधि र प्रक्रिया हुनेभन्दै यथाअवस्थामा वार्ता हुन नसक्ने बताउनुभयो । ‘वार्ताका लागि केही विधि र प्रक्रिया हुन्छन्’, दैनिक नेपालसँग कुरागर्दै उहाँले भन्नुभयो, ‘वार्तामा नबस्ने भन्ने त होइन नी ? तर हवाइ फायर गर्दैमा आन्दोलनकारी वार्तामा आउँदैनन्, बुझ्नुपर्छ ।’

उहाँले वार्ताका लागि औपचारिक पत्र पठाउनुपर्ने, वार्ता टोली गठन आदि पनि गर्नुपर्ने बताउनुभयो ।

उहाँले वार्ताका लागि वातावरण बनाउन आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री सुशील कोइरालाको वार्ता अपील सकारात्मक रहेको बताउनुभएका सहअध्यक्ष कर्णले भन्नुभयो, ‘हामी आन्दोलनमा छौं । हाम्रा नेताहरू आन्दोलनको मैदानमा छन् । हाम्रा माग सबैलाई थाहा छ । ती माग सम्बोधन गर्ने विषयमा सकारात्मक रहनुपर्छ चार दल । अनि मात्रै वार्ता सम्भव छ ।’

प्रधानमन्त्री कोइरालाले आइतबार राति आन्दोलनरत पक्ष सबैलाई वार्ताका लागि अपील गर्नुभएको थियो । उहाँले वार्ताबाट समस्याको समाधान गरी संविधान जारी गर्नुपर्ने बताउनुभएको थियो ।