५ कार्तिक २०८३, बिहिबार

यी हुन् ‘बौद्धिक चोर’, जो त्रिविको उपकुलपति बन्दै छन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tritha-Khaniyaकाठमाडौं, ७ भदौ । सरकारले मुलुककै प्रतिष्ठित र जेठो विश्वविद्यालयमा बौद्धिक चोरी आरोप लागेका ब्यक्तिलाई उपकुलपतिमा सिफारिस गरेको छ।

शिक्षा मन्त्री संयोजक रेहको उपकुलपति छनोट समितिले बौद्धिक चोरी आरोप लागेका तीर्थराज खनियाँको नाम सिफारिस गरेको हो ।

खनियाँमाथि ९ वर्षअघि टर्किस लेखकको लेख हुबहु सारेको आरोप लागेको थियो ।

त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकाय केन्द्रीय विभाग प्रमुख हुँदा नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टाबाट प्रकाशन हुने उनको अनुसन्धानात्मक लेख प्रकाशित भएको समाचार नागरिक दैनिकले छापेको छ ।