२० कार्तिक २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार काठमााडैंको उत्तरढाका नजिक निर्माण गर्न लागिएको बैंकको केन्द्रीय कार्यालय भवनको शिलान्याश गरिएको हो । करिब ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको र अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको बताए । उनका अनुसार प्रस्तावित भवन करिब १ लाख ४५ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुनेछ ।

अध्यक्ष ढकालले बैंकिङ क्षेत्रको आवश्यकता, आधुनिक प्रविधि तथा सेवाग्राहीलाई उपलब्ध गराइने सुविधालाई ध्यानमा राखेर भवन निर्माण गर्न लागिएको जानकारी दिए । उनले नयाँ भवन बैंकको संस्थागत विकाससँगै नेपालको बैंकिङ पूर्वाधारलाई समेत थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले निर्माण हुने बताएका छन् ।

अध्यक्ष ढकालले भवन निर्माण सम्पन्न भएपछि यो बैंकको केन्द्रीय कार्यालयका रूपमा मात्रै सीमित नरही नेपालको बैंकिङ क्षेत्रकै एक विशिष्ट पहिचान र आइकनका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । नयाँ केन्द्रीय कार्यालय भवन निर्माणले बैंकको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।