२० कार्तिक २०८३, शुक्रबार

दानबहादुर कार्कीको रिटको पेशी कार्तिक ३० गतेका लागि तोकियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रहरी महानिरीक्षक ९आइजिपी० पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी तोकिएको छ ।

सरकारको निर्णयविरूद्व उनले बिहीबार दायर गरेको रिट शुक्रबार दर्ता भएर पेशी तोकिएको हो । कार्तिक ३० गते पेशीको मिति तोकिएको छ । उनले गैरकानूनी रूपमा आफूलाई पदबाट हटाइएको दावी गर्दै पुनर्बहालीको माग गरेका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।