काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
आईजीपीबाट हटाउने सरकारको निर्णयविरूद्व उनी बिहीबार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेका छन् ।
कार्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।












प्रतिक्रिया