काठमाडौं । पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सांसदलाई ठक्कर दिएको छ ।
सिंहदरबारभित्रै राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको हो । उनलाई गाडीले जेब्राक्रसमै ठक्कर दिएको थियो ।
‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ,’ उनले भनिन्, ‘तैपनि मलाई गाडीले ठक्कर दियो, भुइँमा लडेँ।’ उनी नेकपाकी सांसद हुन् ।












प्रतिक्रिया