२० कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीले आर्यघाटमा पुगेर रनधना पोखरेलको पार्थिक शरीरमा ओडाए झण्डा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्दलीय पञ्चायतकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको पार्थिव शरीरमा पार्टीका झण्डा ओडाएर श्रद्वाञ्जली व्यक्त गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान पशुपतिस्थित आर्यघाटमा पुगेर पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका हुन् । पोखरेलको ९१ वर्षको उमेरमा भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ निधन भएको हो।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता पनि आर्यघाट पुगेका थिए।

पञ्चायकालमा भूमिगत जीवन विताउँदा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उनले आश्रय दिएकी थिइन्।