२० कार्तिक २०८३, शुक्रबार

कांग्रेस देउवा समूहको नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुबोध प्रधान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुबोध प्रधानलाई मनोनित गरेको छ ।

१५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले जारी गरेको पत्रमा संघलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

यसअघि संघको महासचिवको जिम्मेवारी सम्हालिसकेका प्रधान कांग्रेसका महासमिति सदस्य समेत हुन् ।

कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।