२० कार्तिक २०८३, शुक्रबार

नेपालमा ‘रामायण’को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिजो बिहीबारदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ ।

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

तिहारलाई लक्षित गर्दै प्रदर्शन भएको फिल्मले नेपालमा दोस्रो पनि आक्रामक कमाइ गर्ने सङ्केत गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने बुझिएको छ ।

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।