२० कार्तिक २०८३, शुक्रबार

एनपीएलमा आज पनि २ खेल : सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।

आज दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

जारी एनपीएलमा कर्णालीले तीन खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । सुदूरपश्चिमले चार खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछ ।

चितवनले तीन खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । पोखराले भने लगातार तीन खेलमा हार बेहोरेको छ ।