काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै अलआउट भयो ।
यो जारी प्रतियोगिताकै न्यून स्कोर हो । यसअघि सुदूरपश्चिमले बनाएको ८७ रन न्यून थियो ।
विराटनगरका लागि रूपेश सिंहले २६, एन्जलो म्याथ्यूजले २२ र बसिर अहमदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका सन्तोष यादवले ३ विकेट लिए । ४ खेलमा २ जित र २ हार व्यहोरेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।
काठमाडौं अंक तालिकाको सातौं स्थानमा छ ।












प्रतिक्रिया