१९ कार्तिक २०८३, बिहिबार

सिरहामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, चालक फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रौतहट । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो।

सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा बिहान करिब १० बजे नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१घ ५५३ नम्बरको ट्रक र स९प ७६५० नम्बरको मोटरसाइकलबीच ठक्कर भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको थियो। तर, चिकित्सकले बिहान १० बजेर २५ मिनेटमा दुवैलाई मृत घोषणा गरेका थिए।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन्। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।