– सञ्जय खड्का
सही थिएँ भने किन हटाइयो ?
गलत भए सल्लाहकार किन बनाइयो ?
पदबाट बर्खास्त गर्न मिल्ला, तर
विना– आरोप, प्रमाण, छानबिन र प्रतिवेदन
यस्तो घटुवा र सरुवा– संविधानको
कुन पानामा कहाँ छ, आमा ?
न कुनै तथ्य छ, न कुनै प्रमाण ।
न स्पष्टीकरण, न कुनै छानबिन !
केही गल्ती भेटेका भए त कहाँ बाँकी राख्थे,
केही नहुँदा पनि कहाँ बाँकी राखे र, आमा !
गोली खान तयार छु, तर कारण नखोली
मारिनुको पीडा असह्य हुँदोरहेछ, आमा !
केही नहुँदा पनि कहाँ बाँकी राखे र, आमा !
गोली खान तयार छु, तर कारण नखोली
मारिनुको पीडा असह्य हुँदोरहेछ, आमा !
देश अफ्ठ्यारोमा पर्दा सेनाको साथ मागियो, तर पाइएन !
कार्की आयोगको दोषीले अर्को दोषीलाई बढुवा गर्यो,
हामीले शान्त र सभ्य रूपमा निर्वाचन सम्पन्न गरायौं,
तर आज तिनै गृहमन्त्री र म देशका अपराधी भयौं आमा !
दमकल काण्ड, सुकुम्बासी काण्ड, राजदरबार काण्ड,
सीमा काण्ड, डिस्कर्ड काण्ड र जेन्जी आन्दोलन काण्ड !
शीतल निवास काण्ड, कार्की आयोग काण्ड,
शान्तिडलर, व्यापार, ठेक्कापट्टा र प्लटिङ काण्ड !
पारदर्शी–जवाफदेही काण्ड, एसपीपी काण्ड,
बहुनागरिकता काण्डलगायतका अनगिन्ती
काण्डको फेहरिस्तमा म केही बोल्न चाहन्नँ ।
नेपाली सेनाको त्यो गौरवशाली र पवित्र
इतिहासमाथि प्रश्नको धब्वा लगाउन चाहन्नँ ।
बहुनागरिकता काण्डलगायतका अनगिन्ती
काण्डको फेहरिस्तमा म केही बोल्न चाहन्नँ ।
नेपाली सेनाको त्यो गौरवशाली र पवित्र
इतिहासमाथि प्रश्नको धब्वा लगाउन चाहन्नँ ।
तर आमा !
सधैं अरूको पापको भारी,
अरुका गल्तीको भारी,
अरुका साँठगाँठ र कमीकमजोरीको भारी,
नेपाल प्रहरीमाथि नै किन लादिन्छ आमा ?
खरानीबाट उठेंर आएँ भनेर आफ्नै कथा लेखेँ,
शरणार्थीको अनपेक्षित हर्कत रोक्नुपर्छ भनेँ,
पत्रकार पक्राउको निष्पक्ष छानबिन गर्छौं भनेँ,
मलगायत सबैका अनुसन्धानका फाइल खोलौँ भनेँ,
आमा ! सायद मैले यही नै गल्ती गरेँ !
चारैतिर बेन, मनोज केसी, चोलेन्द्र, गगन,
खगेन्द्रलगायतका नामहरू गुञ्जिन्छन् ।
फोनमा आइजीपीको सेटिङको चर्चा सुनिन्छन्,
तर कसैलाई सामान्य केरकारसमेत हुँदैन !
प्रहरीले जफत गरेको इनमको त्यो संवेदनशील
फोन दुई दिनबेनको घरमा किन बास बस्छ ?
अनि दोष फेरि उल्टै ममाथि आउँछ !
त्यो फोन बेनको घरमा केका लागि आमा ?
कल बाइपास जाँच्नको लागि ?
चारैतिर बेन, मनोज केसी, चोलेन्द्र, गगन,
खगेन्द्रलगायतका नामहरू गुञ्जिन्छन् ।
फोनमा आइजीपीको सेटिङको चर्चा सुनिन्छन्,
तर कसैलाई सामान्य केरकारसमेत हुँदैन !
कार्की आयोगको प्रतिवेदन कहाँ लुकाइयो ?
जेन्जी आन्दोलनका पीडकले सजाय र
पीडितले न्याय कहिले पाउँछन् ?
इनम र भट्ट काण्ड के हुन्छ ? सूचना लिक गर्ने
र पत्रकार पक्राउ गर्नेलाई कारवाही कहिले हुन्छ ?
यी प्रश्नको उत्तर खोज्नु अपराध हो भने
म त्यो अपराध स्वीकार्न तयार छु,
तर सत्ताले बुझोस्, जनता–
जवाफ चाहन्छन्, परिणाम चाहन्छन् ।
‘कु’सल्लाहकारको बुद्धिका कारण आगो सल्किने–
सल्काउनेपुराने रोग नयाँ सरकारमा पनि ब्युँतिएछ !
आफ्नोवाद, कृपावाद, अहंवाद पुनः हावी भएछ,
आमा! बोतल मात्र नयाँ रहेछ,भित्रको शराब त
उही पुरानै कुहिएको,गन्हाउने र विषालु रहेछ !
महाशाखा– गृहमन्त्रालय बेखबर,रास्वपा बेखबर !
रविको निर्देशन एकातिर, बेनको काम अर्कातिर !
आफ्नै पार्टी र सरकारमाथि विषमय अविश्वास !
प्रेस, संसद, प्रतिपक्ष,प्रहरी र सशस्त्रमाथि अविश्वास !
महाशाखा– गृहमन्त्रालय बेखबर,रास्वपा बेखबर !
रविको निर्देशन एकातिर, बेनको काम अर्कातिर !
आफ्नै पार्टी र सरकारमाथि विषमय अविश्वास !
न्यायालय, कानुन र संविधानमाथि अविश्वास !
एकै आस्थाभित्र पनि अविश्वासको गहिरो खाडल खनियो,
यत्रतत्र अविश्वासको एउटा विशाल पहाड ठड्याइयो,
छिमेकी, धरातल र भूराजनीतिप्रति बेवास्ता गरियो !
तर आमा ! म मात्रै विफल भएको हो र ?
एक व्यक्ति विफल हुँदैमादेशै रोकिन्छ र ?
तर आज लाग्दैछ,
तिमी असफल भयौ आमा !
तिमीलाई असफल बनाइयो आमा !
आशा र अपेक्षामाथि तुषारापात भयो,
माफ गरिदऊ आमा,
सायद, हाम्रो प्रणाली नै असफल भयो !












प्रतिक्रिया