काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् ।
नेपाल क्रिकेट संघ९क्यान०ले सार्वजनिक गरेको खेलतालिका अनुसार आज विश्राम राखिएको हो ।
प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् ।
हालसम्म ३ खेलमध्ये दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ ।
लगातार ३ खेल नै हारेको पोखरा पुछारमा छ ।












प्रतिक्रिया