१७ कार्तिक २०८३, मंगलबार

सर्वोच्चका न्यायाधीश फुँयाल छट्टिमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले कात्तिक १७ देखि २० गतेसम्मका लागि व्यक्तिगत बिदा लिएका छन्। प्रधानन्यायाधीश मनोजकुमार शर्माबाट बिदा स्वीकृत गराएपछि उनी मंगलबारदेखि बिदामा बसेका हुन्। त्यसलगत्तै तिहार बिदा सुरु हुने भएकाले उनी केही दिन अदालतमा उपस्थित हुने छैनन्।

पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका इनम सापकोटासँगको संवाद सार्वजनिक भएपछि न्यायाधीश फुयाल विवादमा तानिएका थिए। उनीहरूबीच भएको कुराकानीको स्क्रिनसट बाहिरिनुका साथै हिमालय होटलमा भेट भएको विषयले समेत चर्चा पाएको थियो।

फुयालले उक्त भेटमा अन्य न्यायाधीशहरू पनि सहभागी रहेको र आफूहरूले कुनै मुद्दामा अनुचित काम नगरेको दाबी गर्दै आएका छन्। बरु सापकोटाको गतिविधि शंकास्पद देखिएपछि सरकारलाई जानकारी गराएको उनको भनाइ छ।

यस प्रकरणले न्यायालयको निष्पक्षतामाथि प्रश्न उठेपछि सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० बसेको थियो। बैठकले घटनाबारे सम्बन्धित निकायबाट छानबिन गरी वास्तविकता सार्वजनिक गर्न आग्रह गरेको थियो।