२१ कार्तिक २०८३, शनिबार

रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौतामा हस्ताक्षर गर्न भारतीय मन्त्री नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharmendra-Pradhan-indian-ministerकाठमाडौँ, ६ भदौ । बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानलगायतको टोली आज यहाँ आइपुगेको छ ।

नेपाल र भारत सरकारबीच सोमबार वाणिज्य मन्त्रालयमा हुने सो सम्झौतामा हस्ताक्षर गर्न राज्यमन्त्री धर्मेन्द्र प्रधान १२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज आइपुग्नुभएको हो ।

दुवै मुलुकका सरकारबीच सम्झौतापछि निर्माण हुने पाइपलाइन विस्तारले मुलुकमा पट्रोलियम पदार्थको आपूर्ति सहज र सुलभ हुने छ । रासस