सिरहा, ६ भदौं । एकीकृत नेकपा माओवादीका नेता तथा सभासद मानपुर चौधरीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गद्दार’ भनेका छन् । आइतबार सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए ।
उनले मधेसको झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरको एक ईन्च भाग पनि पहाडमा गाभ्न नदिने घोषणा गरे । पूर्वका झापा, सुनसरी र मोरङ एमाले अध्यक्ष केपी ओली र पश्चिमको कैलाली र कञ्चनपुर काँग्रेस नेता शेरबहादुर देउवा र भीम रावलले हड्पेर पहाड गाभेको आरोप लगाउँदै त्यो निर्णय कुनै हालतमा पनि मान्य नहुने बताए ।
‘यो देश तीन बाहुनको पुर्खाको होइन् । हामी मधेसी, थारु, दलित, जनजाती, मुस्लिम लगायतका समुदायको पनि हो । त्यसैले मधेसको जग्गा पहाडमा मिलाउन खोज्नेलाई पराजय गरेर देखाउँछौं,’ सुशील, ओली र प्रचण्डलाई लक्षित गर्दै उनले भने । मधेसको जग्गा पहाड मिलाउन खोज्नेहरु समाप्त हुने उनले चेतावनी समेत दिए ।
उनले आफूलाई प्रचण्डले केही गर्न नसक्ने भन्दै जनतासामू गरेको वाचा पूरा गरेरै छाड्ने बताए ।












प्रतिक्रिया