१७ कार्तिक २०८३, मंगलबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१३ जनालाई कारबाही

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १४, हर्न निषेधमा ७, लेन क्रसमा ५ एकतर्फीमा ३ र अन्यमा ३५३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।