काठमाडौं । ओमानमा हुने एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा सहभागीता जनाउने नेपाली टोलीलाई विदाई गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) र प्रादेशिक क्रिकेट संघ गण्डकीले सोमबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच यू–१९ पुरुष नेपाली टोलीलाई विदाई विदाई गरेको हो ।
प्रतियोगीतामा राम्रो सफलता हाँसिल गर्ने लक्ष्य राखिएको क्यानले जानकारी गराएको छ । कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ ।
यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्ने क्यानले जनाएको छ ।
प्रतियोगिताका लागि नेपाली टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गरेका थिए ।












प्रतिक्रिया