काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो ।
कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कमी रहेको र पिसाबमा ‘एसिटोन’को मात्रा बढेको इलाम अस्पतालले जनाएको छ।
केसी यसअघि सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै फेरि अनसन बसेका हुन् ।












प्रतिक्रिया