काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् ।
वार्नर गएराति काठमाडौं आइपुगेका हुन् ।
उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ ।
अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन् ।
उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि समेत जितेका छन् ।
एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन् । उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
जारी प्रतियोगितामा काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
काठमाडौंले आज कर्णाली याक्सको सामना गर्दैछ । यो खेल आज दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।












प्रतिक्रिया