१५ कार्तिक २०८३, आइतबार

प्रेस स्वतन्त्रता र सुशासनको माग गर्दै माइतीघरमा गरियो नागरिक दबाब कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस स्वतन्त्रता, सरकारको जवाफदेहिता र विधिको शासन सुनिश्चित गर्न माग गर्दै प्रगतिशील रूपान्तरण आन्दोलनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरेको छ ।

कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै ‘प्रधानमन्त्री सल्लाहकार भाइ–भाइ, विधिको शासन बाई–बाई’ लगायतका नारा लगाएका थिए ।

आन्दोलनले प्रेस स्वतन्त्रताको संरक्षण, राज्यका निकायमा जवाफदेहिता र सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

तस्वीरहरु