१५ कार्तिक २०८३, आइतबार

अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

वर्षा रोकिएपछि सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने कार्य जारी रहे पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानैदेखि बीपी राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक अवरुद्ध हुँदा बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।