काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया