१५ कार्तिक २०८३, आइतबार

ज्ञानेश कुमारको राजीनामा मागमा इन्डिया गठबन्धन अडिग, ‘चलो दिल्ली’मा १० लाख बढी जनता उतार्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको विपक्षी दलहरुको इन्डिया गठबन्धनले आज राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा बृहत् र्‍याली निकाल्दै छ ।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आज गर्न लागिएको ‘चलो दिल्ली’ सडक आन्दोलनमा २० भन्दा बढी विपक्षी दलहरू सहभागी हुने बताइएको छ ।

यसअघि पनि इन्डिया गठबन्धनले ज्ञानेश कुमारको राजीनामा माग्दै देशको संविधान, राष्ट्र र नागरिकहरूको मतदान गर्ने अधिकारको रक्षा गर्न माग गर्दै दिल्लीमा सडक प्रदर्शन गरेको थियो ।

प्रमुख विपक्षी दल कांग्रेस नेता राहुल गान्धी, मल्लिकार्जुन खर्गे, अखिलेश यादव र ममता बनर्जीले लगायतका शीर्ष नेताहरु आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

इन्डिया गठबन्धनले आजको प्रदर्शनमा १० लाख बढी जनताहरू भेला हुने दाबी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।